एभरेष्ट बैंकद्वारा गाडी हस्तान्तरण

एभरेष्ट बैंकले, मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई विद्यालय प्रयाेजनकालागि गाडी हस्तान्तरण गरेकाे छ ।
एभरेष्ट बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत उक्त गाडी हस्तान्तरण गरिएकाे हाे ।
(CSR) कार्यक्रम का अध्यक्ष डा. बालगाेपाल बैद्य, बैंकका CEO तथा (CSR) सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जाेशी माली लगाएत अन्य पदाधिकारी द्वारा गाडी हस्तान्तरण गरिएकाे हाे ।
बैंकले स्थापना कालदेखिनै (CSR) कार्यक्रम अन्तर्गत स्वास्थ्य,शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा विभिन्न च्यारिटी गर्दै आईरहेकाे एभरेष्ट बैंकका मार्केटिङ अधिकृत प्रभात गुरागाईंले जानकारी गराउनुभयाे ।
उक्त गाडी भक्तपुर सूर्यविनायक वडा नं. ४ स्थित चित्रपुर स्याहार केन्द्रकालागि, मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालकी सल्लाहकार डा. चन्द्रलेखा तुलाधरकाे अगुवाईमा मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालले भक्तपुरकै सूर्यविनायक शाखाबाट पहल गरिएकाे चित्रपुर स्याहार केन्द्रकी अध्यक्ष ज्याेति खतिवडाले जानकारी दिनुभयाे ।]
