चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक

शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ ।

गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन छ । यो चलचित्रमा देव भुषालको लेखन तथा निर्देशन छ । चलचित्रको यो गीतमा मुख्य कलाकारहरु साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारहरु फिचर्ड छन् ।

चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ । केही दिन अगाडि अमेरिकामा भएको विशेष शोमा यो चलचित्रलाई रुचाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *