डा. गोविन्द केसीको अवस्था जटिल

File Photo

२४ कात्तिक, काठमाडौं ।आमरण अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको डडेल्धुरा अस्पतालले बताएको छ । साथै उनको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गए जटिलता व्यवस्थापन गर्न नसक्ने बताएको छ ।

विभिन्न माग राख्दै प्रा. डा. केसी सात दिनदेखि डडेलधुरामा आमरण अनसनमा छन् । जिल्ला अस्पताल अगाडि एक निजी घरमा अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो ।

तर अवस्था झन विग्रिएको छ । ब्लड प्रेसर घट्दै गएको छ भने मुटुको चालमा वृद्धि भएको छ । यस्तै रगतमा अक्सिजनको मात्र घटेको छ । मिर्गौलामा समस्या देखिएको छ ।

तर अस्पतालमा आईसीयू, एबीजी सेवा तथा दक्ष जनशक्तिको अभाव रहेकाले डा. केसीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

‘उहाँको स्वास्थ अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसक्ने जानकारी गरिन्छ,’ अस्पतालले आइतबार विज्ञप्तिमार्फत भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *