प्रधानमन्त्री केपी शर्मा ओली मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ

0
125

काठमाडौं , बुधबार ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ लागेका छन् । उपचारको क्रममा क्रममा प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। बिहीबार अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै उनको डायलासिस भएको बताएको हो।

अस्पतालबाट डिस्चार्ज भएर बाहिर निस्किएका ओलीलाई पत्रकारले कस्तो छ भनेर गरेको प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले त्यसको जवाफ नदिई मुस्कुराएका हुन् । उनले मुस्कानसहित पत्रकारलाई अभिवादन गरे । उनले पहिला दुवै हात उठाएर आफू ठिकठाक भएको संकेत गरे भने त्यस लगत्तै एक हातले अभिवादन गर्दै गाडीतर्फ लागे । त्यत्तिबेला अन्नपूर्णका लागि सुनिता डंगोलले कैद गरेका तस्बिर स्

‘प्रधानमन्त्री केपी शर्मा ओली यस ग्रान्डी इन्टरनेशनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण तथ उपचारका लागि भर्ना हुनुभएको आज दोस्रो दिन हो’, विज्ञप्तिमा भनिएको थियो, ‘हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। यस अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण र उपचारको क्रममा हेमोडायलासिस गरिएको छ।’

ओलीको उपचारमा ग्रान्डीका मेडिकल निर्देशक डा. चक्रराज पाण्डे र नेफ्रोलोजी तथा ट्रन्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा. डा. दिव्या सिंह शाहलगायतको टोली खटेको थियो ।

धानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

भदौको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here