ऐश्वर्या रायकी म्यानेजर अर्चनाको लेहेङ्गामा आगो , साहरुख खानले बचाए

तिहारको अवसरमा बलिउडकर्मीहरु पार्टीको आयोजना गर्छन् त्यस माथी बच्चन परिवारले गर्ने तिहारको पार्टी सधै नै विशेष हुने गर्दछ । यसपटक पनि अमिताभ बच्चनको घरमा तिहारको पार्टी आयोजना गरियो ।
तर, यसपटक बच्चन परिवारको पार्टीमा एउटा घटना घट्यो । नायिका ऐश्वर्या रायकी म्यानेजर अर्चनाको लेहेङ्गामा आगो सल्कियो ।

दियोमा लेहेङ्गाले छुदा आगो सल्किएको थियो । अर्चनाको लेहेङ्गा आगोले पोलिरहँदा उपस्थिती पाउनाहरु के गर्ने दोधारमा थिए । सोही क्रममा पार्टीमा पुगेका नायक साहरुख खान अगाडि सरे र अर्चनालाई बचाए । साहरुखले आफूले लगाइरहेको ज्याकेटले आगो निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *