सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान

१२ कात्तिक, काठमाडौं । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् ।

३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।

यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।

कुन हिमाल कहिले चढे ?

अन्नपूर्ण, नेपाल, २३ अप्रिल,धौलागिरी, नेपाल, १२ मे,कञ्चनजंघा, नेपाल, १५ मे,
सगरमाथा, नेपाल, २० मे,लोत्से, नेपाल, २२ म,ेमकालु, नेपाल, २४ मे,नन्गा पर्वत, पाकिस्तान, ३ जुलाई,गशरब्रुम १, पाकिस्तान, १५ जुलाई,गशरब्रुम २, पाकिस्तान, १८ जुलाई,केटू, पाकिस्तान, २४ जुलाई,ब्रोड पिक, २६ जुलाई,चो ओयू, चीन, २३ सेप्टेम्बर,मनास्लु, नेपाल, २७ सेप्टेम्बर,शिशापाङ्मा, चीन, २९ अक्टोबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *