चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ रिहा

काठमाडौं – चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् ।

अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्‍यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । राईका अनुसार ‘भिटेन’ े साधारण तारिखमा रिहा भएका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो ।

‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *