तिहार सुरु भए पनि कागपूजा भने भोलि

sf7df8f}F pkTosfsf] dgf]/d b[Zo nIdL k"hfsf] ;fFem xnrf]s 8fF8faf6 b]lvPsf] :joDe"nufot sf7df8f}F pkTosfsf] dgf]/d b[Zo . tl:a/ M k|bLk/fh jGt,/f;;

८ कात्तिक, काठमाडौं । नेपाली हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहार सुरु भए पनि कागपूजा भने भोलि गरिँदै छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको छ ।

यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चांग निर्णायक समितिको भनाइ छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर पूजा र र बेलुकी लक्ष्मीपूजा गर्न समितिले सुझाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । यो पूजा यस वर्ष कात्तिक ११ गते परेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्न पञ्चांग निर्णायक समितिले सुझाएको छ ।

कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको उत्तम साइत परेको छ । मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो ।

भाइपूजा र नेवा भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा बत्ती बाल्न शुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *