सलमान खान र सोनाक्षी सिन्हाको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

सलमान खान र सोनाक्षी सिन्हाको फिल्म ‘दबंग ३’ को ट्रेलर बुधवार सार्वजनिक भयो । दबंग ३ को ट्रेलरलाई सलमान खानका प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । चुलबुल पाण्डेको कमेडी तथा एक्सनले भरिएको फिल्मको ट्रेलर निकै शसक्त छ । प्रशंसकहरुले समेत उक्त ट्रेलरलाई सकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन् ।

फिल्मको ट्रेलर दर्शकहरुले अनुमान गरे अनुरुपकै छ । ट्रेलरमा चुलबुल पाण्डे र रज्जोको त्यही मायालु केमेष्ट्रि हेर्न पाइएको छ । यसबाहेक यो फिल्ममा चुलबुलले रज्जोभन्दा पहिला अर्की एक युवतीसंग माया(प्रेम गर्छन्, ती हुन् बेबी खुशी अर्थात साई मांजरेकर । ट्रेलरको प्रारम्भ सलमानको पुलिस वाला गुण्डाको लुकका साथ देखा पर्छन् ।

ट्रेलरको प्रारम्भमै चुलबुल पाण्डेको एउटा रमाइलो संवाद सुनिन्छ(‘एउटा हुन्छन् पुलिस वाला, अर्का हुन्छन् गुण्डा, म चाहिं पुलिसवाला गुण्डा ।’

यसबाहेक ट्रेलरमा सलमानका अन्य रमाइला संवादहरु पनि छन्, जसलाई दर्शकले निकै मन पराएका छन् । ट्रेलरमा केही हास्यप्रधान दृष्यहरु छन् । जसले दर्शकलाई चलचित्रप्रति कौतुलहता पैदा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *