गायक दुर्गेश थापा प_क्रा_उ

तिहार सम्वन्धि विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहीले पक्राउ गरेको छ।
थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो।
गायक थापाले ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिए ।
यो गीतमा रक्सी, गाजा लगायत खान प्रोत्साहन दिने गरी म्युजिक भिडीयो सार्वजनिक गरेपछि विवादमा तानिएका थिए।
उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले थापाले जानकारी दिए। छ माया छपक्कै फ्लिमको प्रमोसनल गीतमा पनि उनी विवादमा तानिएका तिए। भने तिजमा सार्वजनिक गरिएको हामी पनि नाच्नु पर्छ बीच बीचमा गीत लोकप्रिय भएको थियो
थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ ।
तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडाैंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।
उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आलाेचनासमेत भइरहेकाे छ ।
