न_क्क_ली सुन देखाइ ५० लाख ठ_गी गर्न खोज्ने ६ जना प_क्रा_उ

0
45

३ कात्तिक, काठमाडौं । नक्कली सुन देखाइ ५० लाख ठगी गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका(२ घर भइ काठमाडौंको कपन बस्ने ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णुबहादुर राउत, ३१ वर्षीय नवराज राउत, ललितपुर सानागाँउ बस्ने सोही ठाउँकै २३ वर्षीय किरण लामा र कपनमै बस्ने रामेछाप दोरम्वा गाउँपालिका(२ का ३१को रोशन बुढा मगर रहेका छन् ।

एक किलो नक्कली सुन ५० लाखमा बिक्री गर्न लागेको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो कपनको निलो पुल नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

५ लाखसहित खरिदकर्ताले सुनको मोलतोल गरिरहेको अवस्थामा एक किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसरमै राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here