आलमलाई थप 5 दिन

सामूहिक हत्याको आरोप लागेका नेपाली कांग्रेस पार्टीका सांसद मोहम्बद अप्ताफ आलमलाई थप 5 दिन सोधपुछकालागी जिल्लाअदालतले नियन्त्रण्मा राख्न प्रहरीलाई अनुमती दिएको छ ।

रौतहट प्रहरीले २०६४ सालको बमकाण्डसँग सबन्धित घटनामा सग्लनताको आरोपमा रौतहट प्रहरीले उनलाई रौतहटवाट पक्राउ गरेको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर दुईवाट निर्वाचित कांग्रेसका सांसद हुन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा वम बिस्फोट भएको थियो । सो विस्फोटमा केहीको मृत्यु हुनुका साथै दुई दर्जन मानिस घाइते भएका थिए । बिस्फोटमा घाइते भएका पाँच जनालाई इटा पोल्टे भट्टीमा हालेर मारिएको आरोप आलममाथि लाग्दै आएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *