हिजो आजका कुरा अब ठूलो पर्दामा

कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष, आतुरता जस्ता विषयमा केन्द्रित हुँदै हरेक विदेशी सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कुरालाई समावेशगरी ‘हिजो आजका कुरा ‘ THE MOVIE ‘प्रस्तुत हुनेछ । चलचित्रबारे शुक्रबार अर्थात् १ कार्तिकमा राजधानीमा प्रेसमिट गरि जानकारी दिइएको छ ।

सन् १९९५ देखि २०१३ सम्मआम नेपालीको मन जित्न सफल कार्यक्रम हो ‘हिजो आजका कुरा’। हाँस्यव्यङ्गलाई मुख्यहतियार बनाएर यो ऐतिहासिक धारावाहिकले त्यतिबेला नेपाली समाजमा भएको सामाजिक, राजनितिक, आर्थिक तथा अन्य घटनालाई रोचकतरिकाले नेपालीहरुमाझ प्रस्तुतगर्ने गर्दथ्यो। सानो पर्दाबाट दर्शकलाई हँसाउनसफलभएकोे हिजो आजका कुरा अब ठूलो पर्दामा प्रस्तुत हुनेछ।

हिजो आजका कुरा काठमाडौंमा अवस्थित चार परिवारको कथामाआधारित छ। अहिले नेपालीको दैनिकीमा विदेश जाने लहर थपिएपछि हुने उत्साह, उमङ्ग र सँगै आउने कठिनाइहरुलाई हाँस्यास्पद रुपमा प्रस्तुत गर्नेछ । यो चलचित्रले अहिले विदेशमा बस्ने नेपालीको जीवनशैली,सामाजिकजीवनमा पर्ने वाध्यता, कठिनाई र परिवारको दबावलाई जीवन्त रुपमा प्रस्तुतगर्ने छ । यसमाआजभोलि विदेशिने लहरको राम्रो र नराम्रो पक्षलाई देखाइन्छ।हिजो आजका कुरा हाँस्यास्पद र भावनात्मकतरिकाले प्रस्तुत हुनेछ। यहीहो, हिजो आजका कुरा’THE MOVIE ‘

पन्त फिल्म प्रोडक्सनद्वारा निमार्ण हुने यस चलचित्रलाई साकार पन्तले निर्देशन गर्न लागेका छन र यस चलचित्रमा मूख्य भुमिकामा वरिष्ठ कलाकार सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, हास्य कलाकारहरु रमेश अधिकारी,सविन शाक्य, नवकलाकार विनायक कुइकेल, अनुष्का अधिकारीलगायतका कलाकार रहेका छन् । यस चलचित्रको सह निर्मातामाबैकुण्ठप्रसाद घिमीरे ९अशोक० भने छायाङ्कनको जिम्मा रवि सायमीमा छ ।Graphics/VFX र सम्पादन बिनय कन्साकारको रहने छ । कलाकार सन्तोष पन्त र उनका छोरा साकार पन्त को कथावस्तुलाई सन्दीप किस्नाले लेखेका हुन् ।

कथावस्तुःसन्तोष पन्त, साकारपन्त , लेखकः सन्दीपकिस्ना , निर्देशकः साकार पन्त,ख्ँह्र सम्पादनःबिनय कन्साकार ,छायाङ्कनः रवि सायमी ्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *