गुण्डा नाइके बाघे भनिने सन्देश लामासहित २३ वटा डिपो सञ्चालक सार्वजनिक

0
49

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका गुण्डा नाइके बाघे भनिने सन्देश लामासहित २३ वटा डिपो सञ्चालकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बालुवा लगायत निर्माण सामाग्रीको परिणाम घटाएर ठगी गरेको आरोपमा प्रहरीले बाघेसहित डिपो सञ्चालकलाई शुक्रबार बिहान पक्राउगरी दिउँसो २ः३० मा पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको महानगरीय अपराध महाशाखा टेकुका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

पक्राउ परेका बाघेसहित काठमाडौंका विभिन्न स्थानमा संचालनमा रहेका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकहरुमाथि आवश्यक अनुसंन्धानगरी कारवाही प्रकृया अघि बढाइएको एसएसपी थापाले बताए।

अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न ठाउँमा सञ्चानमा रहेका २३ वटा डिपो सञ्चालकलाई पक्राउ गरेको थियो ।

उनीहरुले मिनी ट्रकमा पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढु‌ंगाको परिणाम कम गरेर बेच्ने गरेका थिए । गुण्डानाइके बाघे जेबीएस सप्लायर्सका सञ्चालकसमेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here