(एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित (सूचीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् ।

जर्मनीमा व्यवसाय गरेर बसेका पन्तले बेलायतमा व्यवसाय गरेर बसेका कुल आचार्यलाई हराउदै २ कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् ।

अध्यक्षमा निर्वाचित पन्त यो भन्दा अगाडिको कार्यसमितिमा उपाध्यक्ष थिए । आचार्य पनि उपाध्यक्ष नै थिए ।

महासचिवमा डा। हेमराज शर्मा विजयी भएका छन् ।

पाँच उपाध्यक्षमा डा। बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा डा। शर्मा विजयी भए ।

एनआरएनएको सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

निर्वाचन समितिले औपचारिक रुपमा नतिजा घोषणा भने अझै गरेको छैन ।

बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *