आज मिति २०७६ साल कार्तिक १ गते शुक्रबार राशिफल

आज मिति २०७६ साल कार्तिक १ गते शुक्रबार तदानुसार १८ अक्टुबर सन् २०१९ कौलागा श्रीशाके १९४१ नेपाल सम्बत् ११३९ कार्तिककृष्णपक्ष ।

आज सुर्यादय बिहान ६ः०५ बजे भयो भने सुर्यास्त साँझ ५ः३१ बजे हुनेछ । आज चन्द्रमा वृष राशिमा परेकाले र शुक्रबारको समय भएकाले दक्षिण दिशाको यात्रा गर्नु शुभ रहेको छ ।

राशिफल :
मेष : समय सन्तोषजनक छ । ग्रहले साथ दिएको छ । भाग्य चम्किने समय छ । मनोरञ्जनमा दिन बित्ला । विद्याबुद्धिमा रुचि बढ्ने छ ।

वृष : समय राम्रो छ । आकस्मिक लाभ हुनेछ । नोकरीको योग भएको कार्यको थालनी हुनेछ । आँटेका काम पूर्ण हुनेछ । सवारीबाट सुख मिल्नेछ । प्रशंसा बढनेछ ।

मिथुन : समय अलि कष्टकर छ । धैर्य गर्दा राम्रो हुन्छ । काममा विध्नबाध्य आइपने छ । शरीरमा कमजोरी महसुस हुनेछ । खानामा गडबडीले स्वास्थ्यमा असर पर्न सक्छ । अलि बढि मेहनत गर्नुपर्नेछ ।

कर्कट : उत्तम समयमा नसोचेको सफलता मिल्ने दिन छ । शरीरमा शक्ति र स्फूर्ति बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मठमन्दिर पाटीपौवा निर्माणमा जुटिनेछ ।

सिंह स् चिताएको कुरा पुग्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सँगीत साहित्य, कलामा रुचि बढ्नेछ । कम लगानीमा अधिक फाइदा लिन सकिनेछ । प्रशन्नतामा दिन व्यतित होला ।

कन्या : धर्मकर्ममा मन जानेछ । यात्रा सुखद रहला । पारिवारिक सहयोग मिल्नेछ । भगवान प्रति आस्था बढ्नेछ । आकस्मिक यात्राको समय छ । यसबाट लाभ पनि लिन सकिनेछ ।

तुला : समय कष्टकर छ, संयमित हुनुहोस् । मन चंचल रहनेछ । यात्रामा कष्ट र खानपिनको समस्याले स्वास्थ्यमा असर पर्न सक्छ । धैर्यता गर्दा राम्रो हुनेछ ।

बृश्चिक : मान सम्मानको योग छ । नर, नारीको दुवैको सहयोग मिल्नेछ । मानसिक शान्ति हुनेछ । उच्च व्यक्तिसँग भेटघाट हुने समय छ । यात्रा सुखद रहनेछ ।

धनु : समय लाभदायक छ । शुभ समाचार शुभ पाइनेछ । बन्धुवर्गको सहयोग मिल्नेछ । पठनपाठनमा मन जानेछ । धन लाभको समय छ । जमिन लाभ पनि हुनेछ ।

मकर : शरीरमा शक्ति र स्फूर्ति बढ्नेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ । धनको प्राप्ति हुने समय छ । आदर सत्कार बढ्नेछ ।

कुम्भ : विवादको दिन छ । मान सम्मानमा धक्का लाग्नेछ । व्यापार व्यवसायमा कमी आउनेछ । यात्रामा होशियारी गर्नुहोला । धनमालको जतन गर्नुहोला ।

मीन स: वित्तीय कारोबार बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । यात्रा सुखद रहला । आँटेको कार्यको सफलताले मन प्रशन्न रहनेछ ।फसेको धन प्राप्तिको समय छ ।

आजको शुभसमय तालिका

बिहान ७ः३५ बजेदेखि पूर्वान्ह ९ः०५ बजेसम्म लाभबेला
पूर्वान्ह ९ः०५ बजेदेखि पूर्वान्ह १०ः३५ बजेसम्म अमृतबेला
पूर्वान्ह १०ः३५ बजेदेखि मध्यान्ह १२ः०५ बजेसम्म कालबेला
मध्यान्ह १२ः०५ बजेदेखि दिउँसो १ः३५ बजेसम्म शुभबेला

महत्वपूर्ण समय : बिहान ७ः३५ बजेदेखि पूर्वान्ह ९ः०५ बजेसम्म लाभबेला र पूर्वान्ह ९ः०५ बजेदेखि पूर्वान्ह १०ः३५ बजेसम्म अमृतबेला भएकाले उक्त समय कुनै पनि महत्वपूर्ण कार्यको थालनी गर्दा सफल भइनेछ ।

राहुकाल समय : पूर्वान्ह १०ः३० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म राहुकाल समय भएकाले उक्त समय कुनै पनि नयाँ काम वा महत्वपूर्ण कार्यको थालनी नगर्दानै उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *