अन्तराष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा सन्दिपको माग बढ्दै , एकै दिन दुई प्रतियोगितामा अनुवन्धित

नेपालका स्टार क्रीकेटर सन्दिप लामिछाने फेरि अर्को अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनुबन्धित हुँन सफल भएका छ्न ।

बुधबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात १ करोड ४६ लाख नेपाली रुपैयाँमा बर्मिङ्घम फिनिक्सले उनलाई अनुबन्धन गरेको हो । यो सन्दीपको अहिलेसम्मकै उच्च मूल्य हो ।

पहिलो संस्करणको प्रतियोगिता ईङल्याण्ड र वेल्स क्रीकेट बोर्डले आयोजना गर्ने भनिएको छ । यो प्रतियोगिता अर्को बर्ष (२०२०) १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।

यस्तै सन्दीप टी–१० लिगमा कर्नाटक टस्कर्सका लागि क्याटागोरी ‘ए’ को खेलाडी रुपमा ४५ हजार अमेरिकी डलर ९करिब ५१ लाख० अनुबन्धित भएका छन् ।

अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट टि(१० खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *