पूर्वमन्त्री एबं रौतहट  दुईका सांसद मोहम्मद अफताव आलम पक्राउ

ब_म_का_डको आरोपमा पूर्वमन्त्री एबं रौतहट दुईका सांसद मोहम्मद अफताव आलम पक्राउ परेका छन । रौतहट प्रहरीले २०६४ सालको बमकाण्डसँग सबन्धित घटनामा सग्लनताको आरोपमा रौतहट प्रहरीले उनलाई आज रौतहटवाट पक्राउ गरेको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर दुईवाट निर्वाचित कांग्रेसका सांसद हुन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा वम बिस्फोट भएको थियो । सो विस्फोटमा केहीको मृत्यु हुनुका साथै दुई दर्जन मानिस घाइते भएका थिए । बिस्फोटमा घाइते भएका पाँच जनालाई इटा पोल्टे भट्टीमा हालेर मारिएको आरोप आलममाथि लाग्दै आएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *