चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार :राष्ट्रपति सी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । सभापति देउवासँगको भेटमा नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएका थिए ।भेटमा राष्ट्रपति सीले छिमेकी मित्रकारुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताए । ‘नेपालको सत्तामा जुनै पार्टी आए पनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ,’ सीले भने ।
राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको जि’किर गरेका थिए ।भेटमा सभापति देउवाले नेपाली पक्षले चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।देउवाले नेपाल एक चीन नीतिप्रति प्र’तिबद्ध रहेको दोहोराउँदै नेपालमा कुनै पनि श’क्तिलाई कुनै प्रकारको चीन बि’रोधी गतिविधि गर्न नदिने स्पष्ट पारे ।
