राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच द्विपक्षीय वार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् ।

शितलनिवासमा सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन् । उनले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतासमेत दोहोर्‍याएकी छिन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।

शनिबार नेपाल आएका उनले सम्बोधन गर्दै यो घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *