सिन्धुपाल्चोक गाडी दु_र्घट_नामा मृ_त्यु हुनेहरुको संख्या १४

सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका १० भोटसिपास्थित वडहरेचोकमा भएको यात्रुबाहक गाडी दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या १४ पुगेको छ ।

भोटसिपाबाट काठमाण्डौका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

१४ जनामध्ये सात जनाको घटनास्थलमै र अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको ज्यान गएको थियो ।

मृतक १४ मध्य १० जनाको सनाखत भइसकेको छ । मृत्यु हुनेहरुमा बस चालक काभ्रे बनेपाका केदार , इन्द्रावती ९ का विनोद , हिरा श्रेष्ठ, इन्द्रावती १० का रितेस आचार्य, काभ्रे पाँचखालकी संगीता फुर्कोटी , जुनादेवी लम्साल , गणेश तामाङ्ग , सुमित फुर्कोटी, सुभाष अधिकारी र मिना मगर रहेका छन् ।

दुर्घटनामा परि घाईतेहरुको धुलिखेल अस्पताल , शिर मेमोरियल अस्पताल बनेपा र राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको शिघ्र उपचार र उद्धारका लागि प्रदेश न ३ का सामाजिक मन्त्री युवराज दुलाल शरद हेलिकोप्टर सहित घटनास्थलमा पुग्नका साथै गम्भीर घाइतेहरुलाई तत्काल हेलिकोप्टरबाट राजधानी लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *