रात्री भोजमा सुरसुधा र गायीका सरस्वती केसीको संयुक्त टोली प्रस्तुति दिने

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी जिन पिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ सोल्टी होटलमा दिने रात्री भोजमा नेपाली शास्त्रीय सांगितिक समुह सुरसुधा र गायीका सरस्वती केसीको संयुक्त टोली प्रस्तुति दिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनीहरुले चिनियाँ र नेपाली संगित फ्युजन गरिएको स्वागत गान प्रस्तुत गर्नेछन्। सुरसुधाको समुहमा तबलावादक सुरेन्द्र श्रेष्ठ, बाँसुरीवादक प्रेम औतारी, सितारवादक राजीव श्रेष्ठ र गितारवादक विकास सुनार रहेका छन्।

सो टोलीले आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री केपी शर्मा ओलीको अगाडि डेमो दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *