नयाँ बानेश्वर क्षेत्रमा ब्यानर च्यातेपछि २ जना पक्राउ

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा सीको स्वागतका लागि टाँगिएका ब्यानर च्यातेपछि पछिल्लो २४ घन्टामा २ जना पक्राउ परेका हुन् । उनीहरूको ठेगाना र परिचय दिइएको छैन ।

प्रहरीले यसअघि पनि काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट सीको स्वागतका लागि भइरहेको तयारीलाई विथोल्न खोज्ने पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछ गरेरे छाडेको थियो ।

नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए।

विभिन्न मिति र स्थानबाट पक्राउ परेका तिब्बतीहरुले उस्तै नारा र लोगो भएका टिसर्ट, झोला र ज्याकेटको प्रयोग गरेका प्रहरीले जनाएको छ ।

सीको भ्रमणको समय नजिक हुँदै गर्दा तिब्बती शरणार्थीहरुमाथि पनि नेपाल प्रहरीले थप निगरानी बढाएको छ । सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *