टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा, नेपाल बाहिर कति बजे टीका लगाउने ? (सूचनासहित)

काठमाडौं– विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेको छ ।
सूचना हेर्नुहोस्

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार मंगलबार दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउने कार्यक्रम तय भएको छ ।

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *