नेपालले हङकङलाई ४ विकेटले हरायो

काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।
१ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा बिनोद भण्डारीले ५८ रनको शानदार अर्धशतकिय इनिङ्स खेले ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।
हङकङका लागि वाकस बर्कातले सर्वाधिक ३७ रन बनाए । यस्तै किन्चित साहले ३१ तथा निजकात खानले २३ रन बनाए ।
नेपालका करण केसीले ३६ रन खर्चेर ४ विकेट लिए । अविनास बोहराले १ विकेट लिए ।
पहिलो खेलमा हङकङ ओमानसँग ७ विकेटले पराजित भएको थियो ।
नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग सोमबार खेल्नेछ । यस्तै आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
