बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई नियन्त्रणमा लिएको श्रोतले बताएको छ ।
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत् बोलेकी थिइन्।
तर, मंगलबार भने पुनः शाहीले महरा आफ्नो बाबु समान रहेको र आफूँ माथि बलात्कारको प्रयास नआएको भन्दै बोलि परिर्वतन गरेकी थिइन्।
तर, शुक्रबार मात्रै महराले आफुलाई बलात्कारको प्रयास भएको भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन्।
उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई आइतबार अपरान्ह प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको हो ।
आरोप लागेसँगै असोज १४ गते मंगलबार सभामुख पदबाट महराले राजिनामा दिएका थिए।