‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा सन्दीप लामिछाने

काठमाडौं । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने परेका छन् ।

इंग्ल्याण्ड र वेल्समा हुने प्रतियोगिता द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।

सन्दीप विदेशी कोटामा ड्राफ्टमा परेका हुन् । एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड रहेको छ ।

आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ ।

१ लाख २५ हजार न्युनतम मूल्य भएको खेलाडीको ड्राफ्टमा क्रिस गेल, स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेग्दी, कागीसो राबाडा र लासिथ मालिंगा रहेका छन् ।

१ लाख पाउण्डको ड्राफ्टमा सन्दीपसँगै ग्लेन म्याक्सवेल, आन्द्रे रसेल, हरभजन सिंह, राशिद खान, शाकिब अल हसन लगायतका खेलाडी छन् ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *