पचली भैरव जात्रा सम्पन्न

नेवाः समुदायको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको पचली भैरव जात्रा सम्पन्न भएको छ । जात्रा सम्पन्न हुने दिनलाई नेपाल भाषामा ‘पचिमह्र’ भनिन्छ ।

पचली भैरव जात्रा व्यवस्थापन समितिका अनुसार श्रीपचली भैरव अर्थात त्यप जात्रा नेपाल संबत अनुसार हरेक वर्ष कौलाथ्व चौथी तथा पञ्चमीका दिन गरिने परम्परा छ । पचली भैरव त्यप जात्रा असोज १२ गते श्रीपचली भैरवको त्यप आजुलाई द्यःसिको घरबाट कोहिटी पुर्याइएको थियो । प्रचारप्रसार उप कमिटीका अनुसार पचली भैरवको जात्राले पचली पीठ, टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु, हनुमानध्वाखा, दलाछी, ब्रम्हत्वाः, श्वेतभैरव, यंगाः द्यःछेँ परिक्रमा गरेको छ ।

पचिमह्रः अर्थात पञ्चमीका दिन जात्रा गरिने यो भैरव नेवाः समाजभित्र विशेष गरी ज्यापु तथा मल्ल जातिबाट पुर्खादेखि सञ्चालन हुँदै आएको छ । काठमाडौँको फर्पिङमा रहेको भैरव द्यः जुजु काशीमा स्नान गरी जगन्नाथमा आलः गरी ९जुजु खलःहरुको ज्यःनालाई आलः भनिन्छ० काठमाडौँका नैमय्जुसँग रसबस गर्नेका देबताका रुपमा पुजिन्छ ।

नैनीसँग रसबस गर्न आएको समयमा रसबस गर्न आउने व्यक्तिको परिचय बुझ्न एक दिन ती नैनीले घरको ढोकामा साडी सुकाएर राख्छन् । रसबस सकेपछि आफनो देश फर्किन लाग्दा साडी मुनिबाट भैरव जान नसकेपछि भैरवले आफनो रुप देखाएको किम्बदन्ती छ ।

भाले बास्ने समय भएकाले आफ्नो टाउको कन्हाय्स्वां नामक फूलको झुण्डीभित्र लुकाएर बस्न गएको बेला पुलुले छोपेर बसेका ती देवतालाई ज्यापुहरुले जात्रा गरेको परम्परा छ । जात्रा पाचामा पुगेपछि जुजु पचली बाजा नबजाई जात्रा गर्ने परम्परा छ । फर्पिङमा जुजु ९पचली भैलःद्यः० जात्रा गर्दा बेजातीय केटीसँग रसबस गर्ने गरिएकाले ख्वाःपाः बिहीन त्यपको जात्रा गरिने परम्परा छ ।

चौथीका दिन कोहिति जुजु भैरवलाई राम्रो लुगा लगाउन दिई पञ्चमकार पुजा गरियो । यो पुजामा रक्सी, जाँड तथा समय् सामेल हुन्छ । नेपालको आदिवासी नेवाः समुदायको पहिचानको रुपमा रहेको यस जात्रालाई जीवन्तताका रुपमा रहेका छन् । जात्रा हर्ष र उल्लास तथा गौरवका साथ मनाइन्छ । पचलीबाट शुरु हुने जात्रा हनुमानध्वाखा पुर्याई फेरी पचली भैरवलाई पालाको घरमा ल्याइ पुर्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *