कृष्णबहादुर महरा निर्दोष भएको दाबी गर्दै निवेदन दर्ता

काठमाडौं– कृष्णबहादुर महरा निर्दोष भएको दाबी गर्दै आरोप लगाउने महिलाले बुधबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा निवेदन दर्ता गराएकी छिन।

सुरुमा आफूमाथि यौन दुव्र्यवहार भएको दाबी गरेकी उनले पछि फेरि आफूमाथि कुनै दुव्र्यवहार नभएको दाबी गरेकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । निवेदनमा उनले आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको दाबी गरेकी छिन् । यस्तै उनले गलत समाचार कसरी बाहिरियो भन्नेबारे थाहा नभएको समेत दाबी गरेकी छिन् ।

हाम्रा कुरा नामको अनलाइनले महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार छापेको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुव्र्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् ।

महिलाले आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *