५ जनाले एक युवतीलाई सामुहिक ब_लात्का_र गरे

काठमाडौं । सुनसरीमा वसका चालकसहित ५ जनाले एक युवतीलाई सामुहिक ब_लात्का_र गरेका छन ।

सोमबार बेलुका सुनसरी इटहरी उपमहानगरपालिका–१० स्थित पेट्रोल नजिक युवतीलाई लगेर बसभित्र युवतीलाई मदिरा सेवन गराई ब_लात्का_र गरेको खबर सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार बेलुका साढे ९ बजेतिरको उक्त घट्नामा युवतीले मोवाईल गस्तीमा रहेको प्रहरीलाई बताएका थिए ।

युवतीले प्रहरीलाई बताए अनुसार को.१ ख. ४६२७ नम्बरको यात्रुबहाक बसका चालक विकास कसाईसहित ५ जनाले बलात्कार गरेका थिए ।

उक्त बसको अन्तिम सिटमा अन्तिम यात्रुको रुपमा रहेकी ती युवती विराटनगरतर्फ छुटेको सो बसमा चढेको थिईन, बस इटहरी आएपछि चोकमा उत्रिन खोज्दा बसको ढोकामा बसका कन्डक्टर सुमन मग्राती, आशिक कार्की र पुराना कन्डक्टर नितेश घिमिरेले ओर्लन नदिएको युवतीले बताईन ।

धरान घर भएकी ती युवति आफन्तको घर बेलवारी जान खोज्दा ईटहरी चोकमा उत्रिन खोजेका थिए ।

प्रहरीले सुन्दर हरैंचा नगरपालिका–१२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका–४ का सुरज थापा, सिरहा लहान नगरपालिका–४ का सुरेन्द्र भुलेज, बेलबारी नगरपालिका–७ का आशिष कार्कीलाई पक्राउ गरेका छन ।

ब_लात्कृ_त युवतीलाई प्रहरीले राति नै उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *