महरामाथि लागेको ‘जवरजस्ती ’को आरोप गलत : रोशनी शाही

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लागेको ‘जवरजस्ती करणी’को आरोप गलत भएको संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बताएकी छन् ।

नागरिक खबर अनलाइनको अन्र्तवार्तामा शाहीले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।

नागरिकखबरलाई दिएको अन्तर्वार्ता उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासंग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् ।

महराले फोन गरेको तर, कर्मचारी समायोजनबारे सम्झाउनलाई फोन गरेको बाहेक अन्यथा नभएको उनले जनाएकी हुन् ।

यद्यपी महराले बलात्कार आरोप लागेपछि निष्पक्ष, स्वच्छ र स्वतन्त्र अनुसन्धानमा सहयोग गर्न तयार रहेको भन्दै पदबाट राजीनामा दिइसकेका छन् ।

नागरिकखबरसँग कुरा गर्दै उनले भनिन्, ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन् ।’ शाहीले भनिन्, ‘महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *