नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग दोस्रो पटक पराजित

0
213

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी(ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग दोस्रो पटक पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको हो । सिरिज अन्तर्गत नै शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन जोड्दा आरिफ शेखले २५ रन बनाए । यस्तै करण केसीले १८ रन जोडे । अघिल्ला खेलमा शतक बनाएका कप्तान पारस खड्का १२ रनमा आउट भए । अन्य नेपाली खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

जिम्बावेका सेन विलियम्सले ३ तथा टिनोटेण्डा मुटोमबोड्जीले २ विकेट लिए ।

यसअघि जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यान तथा कप्तान सेन विलियम्सले उत्कृष्ट प्रर्दशन गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्काको मदतले ५३ रन बनाए । उनलाई पारस खड्काले बोल्ड गरे ।

सन्दीप लामिछाने र सोमपाल कामीले सुरुवातमै विकेट लिदै जिम्बावेलाई दबाबमा राखेका थिए ।

नेपालका सन्दीप र सोमपालले समान २ विकेट लिए । पारस खड्काले एक विकेट हात पारे ।

अब नेपालले सिंगापुरसँग बुधबार अन्तिम खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here