काठमाडौ , सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र जिम्बावेबीचको खेल साँझ सबा पाँच बजे शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएको थियो । आज नेपाल सो हारको बदला लिएर उपाधि होड बलियो बनाउने प्रयासमा हुनेछ । नेपालले दोस्रो खेलमा सिंगापुरलाई नौ विकेटले पराजित गरेको थियो ।
आयोजक सिंगापुरले जिम्बावेलाई आइतबार चार रनले हराएकाले नेपाल अंक तालिकाको शिर्ष स्थानमा छ । अहिलेसम्मको खेल नतिजाले तीनवटै मुलुकले सिरिजको उपाधि जित्ने सम्भावना कायमै छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।