बडा दशैंको आज तेस्रो दिन, माता चन्द्रघण्टाको पूजाआजा गरिंदै

काठमाडौं , बडा दशैंको आज तेस्रो दिन, देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका नौ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहे अनुसार देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । उपत्यकाबाहिर धरानस्थित दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लागेको छ ।

राजधानी काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *