सप्ताहब्यापी अन्तर्राष्ट्रिय मस्तिष्क पक्षाघात दिवस मनाईँदै

सप्ताहब्यापी अन्तर्राष्ट्रिय मस्तिष्क पक्षाघात दिवस मनाईँदै। सप्ताहब्यापी अन्तर्राष्ट्रिय मस्तिष्क पक्षाघात दिवस काठमाण्डाै लगाएत बिभिन्न ठाउँमा मनाईंदै छ।
Go green भन्ने नाराका साथ मस्तिष्क पक्षाघात स्वाबलम्बन समुह नेपालकाे अगुवाईमा याे दिवस मनाईएकाे हाे । मस्तिष्क पक्षाघातकाे बारेमा सबैलाई जानकारी दिन काठमाण्डाैका बिभिन्न ठाउँमा चेतनामुलक कार्यक्रम गरी याे दिवस मनाइदै छ।

यसै सन्दर्भमा अाज भक्तपुरकाे सुर्यबिनायक नगरपालिका वडा नं ४ स्थित चित्रपुर स्याहार केन्द्रमा एक कार्यक्रम गरी मनाईयाे । सुर्यविनायक नगरपालिका वडा नं ४ का वडाध्यक्ष उत्तम थापाकाे प्रमुख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वडा नं १ का वडाध्यक्ष लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा चित्रपुर स्याहार केन्द्रकाे डकुमेन्ट्री प्रदर्शन गरिएकाे थियाे । गत असाेज ३ गतेदेखि शुरू भएकाे याे सप्ताहब्यापी दिवस १० गते समापन हुनेछ ! खासगरी अक्टाेबर ६ मा मनाईने याे दिवस याे पटक बडादशैंकाे कारण अगाडीनै गरिएकाे र ६ अक्टाेबरका दिन बिभिन्न ठाउँमा हरियाे बत्ती बालेर याे दिवस लाई पुर्णता दिने चित्रपुर स्याहारकेन्द्रकी अध्यक्ष ज्याेति खतिवडाले जानकारी दिईन ।
