खगित्रा शाहीले जन्माइन् चम्ल्याहा शिशु

0
62

असोज ८ : काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक महिलाले चम्ल्याहा शिशु जन्माएकी छिन्। 

एक हप्ताअघि केएमसी अस्पताल भर्ना भएकी २७ वर्षीया खगित्रा शाहीले बुधबार बिहान तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।

शाहीको अपरेसन गरेर तीन छोरा र एक छोरी जन्माएको अस्पतालले जनाएको छ। जन्मेका शिशुहरुको तौल एक किलो, एक किलो ५ ग्राम, एक किलो ६ ग्राम र एक किलो ७ ग्राम रहेको अस्पतालले जनाएको छ। 

चारमध्ये एक शिशुको बाहेक अरुको स्वास्थ्य सामान्य रहेको अस्पतालकी प्रसुती रोग विशेषज्ञ डा. चन्दा कार्कीले जानकारी दिइन्। 

उनका अनुसार शाही एक हप्ता अघि अस्पताल भर्ना भएकी थिइन्। एकै पटक चम्ल्याहा बच्चा जन्मिनु दुर्लभ भएको चिकित्सकहरुले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here