ट्रक चालक गाजाँ सहीत हेटौंडाबाट पक्राउ

0
41

मकवानपुर प्रहरीले दुई राउण्ड गोली हान्दै एक ट्रक चालकलाई गाजाँ सहीत हेटौंडाबाट पक्राउ गरेको छ । आज बिहान १ बजे पुर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सन्जीब कुमार दासलाई अपहरण गरी जंगलमा लगेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालक पर्सा बिरगन्ज महानगरपालिका–२९ का अफ्रीका चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिदाँ उनको देब्रे खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए । हेटौंडाबाट पथलैयाँतर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाजाँ बरामद गरेको छ । ७८ कीलो ८०० ग्राम गाजाँ सहीत पक्राउ परेका चौधरीलाई प्रहरीले हेटौंडा अस्पतालमा उपचार गराइरहेको छ । ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भैरहेको प्रहरी उपरिक्षक सिंहले बताए । पक्राउ परेका चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरिएको छ । ऐन अनुसार २ बर्ष देखि १० बर्ष कैद र १५ हजार देखि १ लाख रुपियाँ सम्म जरीवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here