कहिले सम्म मृत्युको व्यापार हुने अस्पतालमा ?

0
227

चाबहिल स्थित ओम अस्पताल आजभोली विवादमा आउन थालेको छ । डाक्टरले लापरबाही गर्दा विरामीहरुको मृत्यु भएको भन्दै मृतकका आफ्नले अस्पतालमा प्रर्दशन नाराबाजी गर्दा प्रहरीले अस्पताल हाताभित्रै छिरेर मृतकका आफन्त माथी निरममतापूर्वक लाठी समेत चार्जगरेका दृश्यहरु सामाजीक संञ्जालमा भाईरल भएका छन ।

यस्प्रकारको डाक्टरको लापरवाहिकै कारण विरामीको मृत्यु भएको बारम्बार खबर आईरहदा अस्पताल प्रसासनले सुटुक्क मृतकका आफ्तलाई केहि रकल दिएर मिलोमतो गर्ने क्रमले अस्पतालले मृत्युको व्यापार त गरिरहेको छैन भन्ने गम्भीर प्रश्न उब्जीएको छ ।

यदी अस्पताल प्रसासनको कुनै गल्तीनै छैन भने अस्पतालले रकमको चलखेल किन गरेको सर्वसाधारणको प्रश्न रहेको छ । हालसालै भएको अर्को घटनाले पनि यस्लाई पुष्टि गरेको छ । गत जेठ २३ गते सिन्धुपाल्चोककी ५० वर्षीया राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाहीले भएर मृत्यु भएको घटना सेलाउन नपाउदै शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गर्दा ज्यान गएपछि आफन्तहरु आक्रोशित बन्दा अस्पतालमा तोडफोड समेत गरेका थिए ।

पटकपटक उपचारमा आएका बिरामीको मृत्यु हुँदापनि अस्पतालले आफ्नो कमजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको छ। आइतबार भएको घटनामा पनि अस्पताल प्रशासनले २० लाख दिएर घटना गुपचुप पारेको छ। भने जेठमा भएको घटनामा पनि अस्पतालले परिवारलाई क्षतिपुर्ति दिएको थियो ।अस्पतालले यस्ता घटनालाई ढाकछोप गर्दा समाजका कस्तो सन्देशजाने हो त्यस तर्फ सम्बन्धीत कुनै पनी निकायको अहिले ध्यान गएको देखीदैन ।

source: ournewscrew.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here