ट्रक र कार एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु

 नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा गएराति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका

भएको छ । राति सवा १० बजे कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुने पाँचै जना पुरुषको पहिचान खुल्न बाँकी रहेको छ । र्दुघटनामा गम्भिर घाइते भएका पाँचै जनाको उपचारका लागि चितवन लैजाने क्रममा वाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कारमा फेला परेका कागजातले मृत्यु हुनेहरु देवचुलीको हुनसक्ने अनुमान गरिएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका –१० राति दाङबाट काठमाडौंका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *