आज अधिकांश स्थानमा मध्यम वर्षा हुने

0
54
Rain drops falling from a black umbrella concept for bad weather, winter or protection

आज मुलुकभरको मौसमी अवस्था मिश्रित रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मुलुकभरको मौसम मध्यम रहे पनि केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। मुलुकभर आज सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको जनाएको छ।

त्यसैगरी आज कन्काई, कमला, बागमती, कोसी, नारायणी, बबई, पविम राप्तीलगायत नदीमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कन्काईका केही सहायक नदीमा बहाव तुलनात्मक रूपमा बढे पनि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ। महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य घट्ने अनुमान छ।

आज ईलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, प्रदेश २ का सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, धादिङ, गोरखा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, सल्यान, सुर्खेत र आसपास जिल्लाका नदीहरूमा बहाव बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here