दशैंमा उपत्यकाबाट बाहिरनेहरुको लागि आईतबारबाट अग्रिम टिकट खुला हुने

0
202

काठमाडौं । दशैंमा उपत्यकाबाट बाहिरनेहरुको लागि आईतबारबाट अग्रिम टिकट खुला हुने भएको छ । 


लामो रुटका बसका यात्रुहरुको लागि टिकट बुकिंग खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । 


विभागका अनुसार नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।


कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ । 


कसैले बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने व्यवस्था गरेको छ । 


बर्षेनी दशैं मनाउन भनेर उपत्यकाबाट करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here