नव अागमन संरक्षक समाजकाे पहिलाे साधारण सभा

0
59

नव अागमन संरक्षक समाजकाे पहिलाे साधारण सभा अाज काठमाण्डाैकाे पुतलीसडकमा सम्पन्न भएकाे छ। अति अशक्त तथा पुर्ण रुपमा अशक्त बालबालिकाका संरक्षकहरूकाे हक हित तथा पहिचानका लागि २०७५ सालमा याे संस्था दर्ता भएकाे हाे ।

याे संस्थामा संरक्षककाे २२ वटा समुह बाट दुई दुई जना प्रतिनिधि छनाैट गरी पाँच वटा समन्वय समिति हुदै समन्वय समिति बाट पनि दुई दुई जना छनाैट गरी एघार जनाकाे तदर्थ कार्यसमिति गठन भएकाे थियाे। साेही तदर्थ समितिलाई वैधानिक बनाउन अाज संरक्षकहरूकाे चुनाब पछि एघार जनाकाे कार्य समिति गठन भएकाे छ।

उक्त कार्य समितिमा अध्यक्ष शक्ति थापा, उपाध्यक्षमा गोमादेवी अधिकारी , सचिवमा सुशिला मल्ल ,कोषाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ तथा सदस्यहरुमा ज्योति खतिवडा , राजेन्द्र मर्हजन , लक्ष्मी बस्नेत , निर्मला रावल, सूर्यलक्ष्मी रंजित शान्ता बराल तथा देउमाया काेईराला निर्विरोध निर्वाचित हुनुभएकाे छ ।

मस्तिष्क पक्षघात स्वावलम्वन समुह नेपाल तथा वल्डवाईड यूकेले संयूक्तरुपमा संचालन गरेको संरक्षकका लागि संरक्षण ( Care for Cares) कार्यक्रम काे पहलमा उक्त कार्य सम्पन्न भएकाे संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनि शाक्यले बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here