असोज १० गतेदेखि नयाँ नोट सटहिको काम सुरु

नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट सटहिको काम सुरु गर्ने भएको छ । दशैंमा नायाँ नोट प्रयोग गर्ने प्रचलन रहेकाले राष्ट्र बैंकले यसपटक पनि १३ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । 

राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० दरका एकएकबण्डल गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सम्म नायाँ नोट सटही गर्न पाउने छ । ५ सय र १ हजारका नोट भनेचाहेजति वितरण हुने छ । 
 

यसअघिका वर्षहरुमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलिबाट नयाँ नोट सटही हुँदै आएकोमा यसपटक केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही हुने भएको छ । त्यस्तै उपत्यका बाहिरका कार्यालयहरुबाट समेत नोट वितरण गरीने राष्ट्र बैंकले जनाएको छ। 

नयाँ नोटको वितरण राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकका विभिन्न शाखाबाट समेत हुनेछ । यस बाहेक सबै बैंक तथा वित्तीय संस्थाबाट समेत नयाँ नोट पाउन सकिने राष्ट्र बैंकले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *