नेपालको पहिलो कमेडी च्यानल टिभी वान एचडी ले आफ्नो १०० औं दिन पूरा

0
199

काठमाडौं । नेपालको पहिलो कमेडी च्यानल टिभी वान एचडी ले आफ्नो १०० औं दिन पूरा गरेको छ । टेलिभिजनले स्थापनाको यो छोटो अवधिमा दर्शक श्रोताको अपार माया पाउन सफल भएको टेलिभिजनले जनाएको छ । केवल प्रदायक तथा डिस मिडिया द्वारा देशभरका दर्शकले यस टेलिभिजन मार्फत मनोरन्जन लिइरहेका छन् ।

हाँस्यव्यंग्यलाई मुख्य आधार बनाएर सञ्चालित यस टेलिभिजन बाट प्रशारित कार्यक्रम अन्य टेलिभिजन कार्यक्रमभन्दा पृथक शैलीका छन् । हाल यस टेलिभिजनबाट प्रशारित बच्चाहरुको कार्यक्रम कमेडी किड्स, चम्सुरीसँग चिया गफ, प्रयाङ्क, झोला भित्र के होला ?, कमेडी गीतहरुको ट्रेन्डिङ फाएभ, फन्नी कार्यक्रम टिक टक हिट हट, पुन्टे साउ !गज्जब छ बा ! Dad son newari ! On off प्रसारण भईरहेको छ ।

१०० औं दिन सफलताका साथ पार गरेको उपलक्ष्यमा गेस द टेष्ट, फन टक विद काका, लब एक्सप्रेस, माई लाईफ स्टोरी, जस्ता नयाँ कार्यक्रम प्रशारण गर्ने भएको छ ।

यसका साथै पुराना तथाा लोकप्रिय कमेडी गीतको कार्यक्रम क्लासिक कमेडी लगाएत नेपालकै टेलिभिजन इतिहासमा पहिलो पटक स्ट्यान्ड अप कमेडी पनि यसै टेलिभिजनबाट प्रशारण भईरहेको छ । यसैबीच, पनाह अधिकारीको खोतलखातल, टुक्का जस्ता हाँस्य टेलिश्रृखंला शीघ्र प्रशारण हुँदैछ । टेलिभिजनले आफ्नै देशमा रहेका प्रतिभालाई प्राथमिकताका साथ विभिन्न कमेडी रियालिटी शो प्रशारण गर्ने जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here