यस वर्षको गोल्डेन ग्लोब्स अवार्ड समारोह सुरु हुनुअघि फिल्म र टेलिभिजन क्षेत्रका दिग्गज कलाकारहरूले रेड कार्पेटमा आफ्नो उपस्थिति जनाएका छन्। हलिउडको प्रतिष्ठित पुरस्कार समारोहमध्ये एक मानिने यस कार्यक्रममा सहभागी हुन विश्वभरका चर्चित सेलेब्रिटीहरू लस एन्जलसमा भेला भएका हुन्।
रेड कार्पेटमा उत्रिएका कलाकारहरूले क्यामराका अगाडि विभिन्न पोज दिँदै समारोहको रौनकता बढाएका छन्।


















