साफ महिला फुटसल च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको फराकिलो जित

काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि फराकिलो जित हात पारेको छ ।

नेपाली राष्ट्रिय महिफा फुटसल टोलील अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हात पारेको हो ।

थाइल्याण्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्सविलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक गोल गरे ।

माल्दिभ्सकले एक गोल आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल मात्र थप्न सक्यो ।

तस्बीर : साफ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts