,

सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि आक्रमण गर्ने समूहका व्यक्तिहरू पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि आक्रमण गरेको घटनामा संलग्न दुई भारतीयसहित आधा दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ..

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरमा सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि आक्रमण गरेको घटनामा संलग्न दुई भारतीयसहित आधा दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय रुन्चे मदन भन्ने मदन गुप्ताको गोदाममा भन्सार छली चोरी पैठारी गरी भित्र्याएका सामान अनधिकृत रूपमा भण्डारण गरी राखेको भनी सूचनाको आधारमा सशस्त्र प्रहरी बल गुल्म हेड क्वार्टर वीरगञ्ज १३ नम्बर गण, पर्सा र वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अधिकृतसहितको संयुक्त टोलीमाथि माघ २६ गते घेरा हाली ढुंगामुढा हान्ने र सवारी साधन तोडफोड गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज–१० घडिअर्वाका ४६ वर्षीय प्रमोदकुमार कानु, वीरगञ्ज–११ छप्कैयाका ३८ वर्षीय दीपराज सहनी मलाह, वीरगञ्ज–१० का २० वर्षीय कुञ्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साह छन् ।

पक्राउ पर्ने भारतीय नागरिकमा रक्सौल बिहारका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय प्रितमकुमार चौधरी र छन् ।

पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *