लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक

काठमाडौँ । लोकदोहोरी सङ्गीतको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक भएको छ । पौडेलको शब्द र सङ्गीत रहेको गीतमा स्वरमा लक्ष्मणलाई कल्पनाले साथ दिएकी छन् । गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

अमृत लगुनले गीतमा र्‍याप आवाज दिएका छन् । कार्टुन्ज क्रूका सरोज अधिकारीले निर्देशन गरेको भिडियो डान्सिङ ट्रयाक शैलीमा बनेको छ । लोकगीतलाई हिपहप संगीतसँग जोडेर लक्ष्मणले कम्पोजमा नयाँ स्वाद पस्किएका छन् ।

पाल्पा रामपुर घर भएका पौडेल नेपाली लोकदोहोरी गायनको चर्चित नाम हो । कुनै बेला काठमाडौँका सडकपेटीमा साइकल हाँकेर क्यासेट बेच्नेदेखि रेकर्डिस्ट, म्युजिक एरेन्जर, लेखन, गायन, म्युजिक कम्पनी सञ्चालनको अनुभव उनीसँग छ ।

साङ्गीतिक यात्राको सिलसिलामा उनले चर्चित गायिका कल्पनासँग विवाह गरे । ‘हो माया ढाँटे मरिजाम, ‘दुःखीको घरपर्‍यो रामपुर फाँटैमा’ उनका चर्चित गीत हुन् ।

पौडेलले ‘आँधिखोला उर्लेर आयो, आउने थिइन मायाले बोलायो’ रिमिक्स गीतमार्फत लोकदोहोरीमा उनले र्‍यापको सुरुवात गरे । ‘बेनीको बजार जता माया उतै छ नजर’ रिमिक्स गीत त झनै सुपरहिट मानिन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts