कलाकार सुनिल थापाको निधन

दिग्गज कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

‘थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उहाँको निधन भएको छ,’ संघका अध्यक्ष निरौलाले भने, ‘परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।’

स्वास्थ्यमा समस्या आएपछि थापालाई अस्पताल लगिएको थियो ।

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापाका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।

परिवारका सदस्य मुम्बईबाट आएपछि थप प्रक्रिया अघि बढ्ने निरौलाले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts