काठमाडौं । मनोवैज्ञानिक थ्रीलर कथावस्तुमा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । अभिनेत्री बेनिशा हमालको फिल्म निर्माण कम्पनी मौरी पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो ।
बेनिशाले यो फिल्मबाट डिजिटल अधिकार लिने कार्य थालेकी हुन् । उनी यो फिल्मकी कार्यकारी निर्मात्री तथा अभिनेत्री समेत हुन् । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ ।
प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दाको कथा चित्रण यसमा छ । अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने सारांश ट्रेलरमा देख्न सकिन्छ ।